जनमतले सोध्यो तीन जना जनप्रतिनिधीलाई स्पष्टिकरण

spot_img

जनकपुर, जेष्ठ १९ । जनमत पार्टीले कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको भन्दै पार्टीबाट सिरहामा निर्वाचित तीन जना जनप्रतिनिधीसहित चार जनासँग स्पष्टिकरण सोधेको छ ।

अनुशासन समितिका प्रमुख इन्जिनियर दीपक कुमार साहले हस्ताक्षर गरेको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘नगर कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको र विपक्षी पार्टीलाई फाइदा हुने तथा आफ्नै पार्टीको उम्मेदबार पराजित हुने गरी षडयन्त्रमा संलग्न रहेको बुझिन आएको हुँदा यस सम्बन्धमा तपाईंलाई किन कार्वाही हुनुनपर्ने हो लिखित स्पष्टिकरण ३ दिनभित्र पेश गर्न हुन अनुरोध छ ।’

मिर्चेया नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्ष दिलिप कुमार सिंह, सोही वडामा निर्वाचित सदस्य कमल प्रसाद यादव, महिला सदस्य कल्याणी देवी महतो र विजय कुमार यादवसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टिकरण सोधेको हो ।

चित्तबुझ्दो स्पष्टिकरण नआएमा पार्टीले आवश्यक कार्वाही अगाडि बढाउन सक्ने र निर्वाचित जनप्रतिनिधीको हकमा निर्वाचित पदबाट हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने चेतावनी दिइएको छ ।

spot_img

1 COMMENT

  1. Ekdam sahi nirnay Gareko mero Party janmat partile ck rautji hami pani jila sadsy hun
    Bisanpur gaupalika 2 saptary
    Partiko nirnay na Mane afno marji garne
    Yasta neta janmt partima kahile chaieko hoen
    Ra vhojkhane janmtma vothalne
    Antai dhrai jaso yo paliherekaxau
    Please jantalay ma vhan chahncu
    Jun partiko sidhant soch manparx utai jau khau vothalnu
    Tar dhoka nadinu anurodh
    Khuler basnu ma flano parti mahun

Comments are closed.

ताजा अपडेट

लोकप्रिय