जनकपुरधाम, जेष्ठ १९ । नेपालको एकमात्र जयनगर–जनकपुरधाम रेलको एउटा बोगीमा केमिकल पोखिएर आगलागी भएको छ ।
जयनगर स्टेसनबाट कुर्था आउने क्रममा १९०१ नम्बर रेलको एउटा बोगीमा बिहीबार दिउँसो आगलागी भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिएका हुन् । बोगीमा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको महाप्रबन्धक झाले बताए ।
प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिए ।
उनले भने, ‘केमिकल बोकेर रेलमा प्रवेश गरेका महिलाले यात्रु बस्ने बोगीमा केमिकल राख्दा पोखिएर त्यही बोगीमा यात्रा गरेरहेकी अर्की एक महिलाको शरीरमा पोखिँदा उनलाई आगोको जलन जस्तो महसुस भएपछि बोगीभित्र हल्ला मचिएको थियो । केमिकलकै छेउमा एउटा सानो ग्यास सिलिन्डर पनि रहेकोले केमिकल पोखिँदा आगोको मुस्लो जस्तै निस्केपछि सबै डराएका थिए ।’
महाप्रबन्धक झाले पक्राउ परेका उनीहरूमाथि अनुसन्धान अघि बढाइने बताए । उनले अहिले रेल जनकपुरधाम आइसकेको समेत जानकारी दिए ।
रेलमा भएको आगलागीबाट सामान्य क्षति भएको महाप्रबन्धक झाले जानकारी दिए ।
औपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा बुधवार आयोजित शिक्षा, स्वास्थ्य खाद्य र आवासका अधिकारका सवालमा ‘सरकार र व्यवस्थापिकाको भूमिका विषयक गोष्ठीमा साँसद यादवले नेपालमा तीन तहकै सरकार असफल रहेको भन्दै यहाँ व्यक्ति बलियो र देश कमजोर अवस्थामा छ । जबसम्म राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको नियत राम्रो हुँदैन तबसम्म समृद्ध समाजको परिकल्पना असम्भव रहेको बताएका छन् ।
संविधानलाई कोट्याउँदै उनले भने, ‘शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी बलियो कानून निर्माण नभएको होइन, तर कार्यान्वयन पक्ष गर्ने निकायको नियत खराब भएको कारण यी सबैको अवस्था नराम्रो रहेको हो ।’
कार्याक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्णले मानव विकासका लागि ‘शिक्षा, स्वस्थ्य, खाद्य र आवास आवश्यक भएता पनि यी अंगहरु अपाङ्ग रहेको बताएका छन् । उनले समस्या सबैलाई थाहा छ, तर समाधान कसरी हुने वा गर्ने चासो देखिदैन । राज्यले कानून निर्माण गरेर मात्र सम्भव छैन, कानूनलाई बलियो रुपमा कार्यान्वयन गर्नुपर्छ । यी क्षेत्रमा राजनीति सिफारिस वा नियुक्ती प्रक्रिया बन्द गरी प्रभावकारी रुपमा अगाडि बढाउन सम्बन्धित निकायसँग माँग गरेका छन् ।शिक्षा, स्वास्थ्य लगायतको जिम्मेवारी स्थानीय तहमा गएको छ । तर स्थानीय तहका जनप्रतिनिधिले आफै सम्बन्धित विषयमा अदक्ष रहेको कारणले यी क्षेत्रलाई सवल बनाउन सकेको छैन । कार्यक्रममा धनुषा शिक्षा प्रमुख राजदेव यादवले शिक्षा अनुगमन अधिकार, विद्यालय व्यवस्थापन गर्ने अधिकार पूर्वाधार निर्माण, जनशक्ति पदपूर्तिको सिफारिस, कर्मचारी तथा शिक्षक दरबन्दी मिलान पालिकाको मातहतमा रहेको छ । त्यसका वावजूद पनि सुधार नहुनुमा हामी सबै दोषी रहेको बताएका छन् ।
इन्सेकका मधेश प्रदेश अध्यक्ष राजु पासमानको अध्यक्षमा भएको सो कार्यक्रममा पत्रकार कैलास दास, युवा अभियन्ता दिवाकर उप्रेती, संजीव महतो लगायतकाहरुले आफ्ना विचार राखेका छन् ।

