spot_img

चरित्र हत्या गरेको आरोपमा जनकपुरका एक युवकविरुद्ध प्रहरीमा उजुरी

spot_img
spot_img

 

जनकपुरधाम,जेष्ठ २o । सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा जनकपुरका एक युवकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।जनकपुरधाम उपमहानगरपालिका १४ का ६३ वर्षिय ब्रहम्देव मिश्रले आफ्नो चरित्र हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका हुन् ।जनकपुरधाम १४ मा बस्ने बाराका नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेका ३५ वर्षिय अरुण कुमार यादवले टिकटकमाफर्त आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले साइबर क्राइम सम्बन्धी उजुरीहरू लिन नमिलेपनि प्रहरीले ठाडो उजुरीको माध्यमले सामान्य प्रकृति खालका घटनाहरु तत्कालै मिलाउने गरेको जनाएको छ ।विशेष प्रकृतिका घटनाहरूलाई भने साइबर क्राइममै तत्कालै पठाइने गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
spot_img

ताजा अपडेट

लोकप्रिय