जनकपुरधाम, जेष्ठ २० । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्माण हुने सचिवालय भवनको गत बिहिबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
अढाई करोडको लागतमा निर्माण हुने उक्त भवनको सिलान्यास मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले गर्नुभएको हो।
सो मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालय जनकपुरधामको आ.ब. २०७८÷०७९ को योजनाबाट २० लाखको रकमबाट पहिलो चरणको काम हुने जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष जितेन्द्र कुमार महासेठले बताए । दुई वर्ष भित्र निर्माण हुने सो सचिवालयको भवन निर्माणको बाँकी काम व्यापारीहरुको सहयोग तथा अन्य स्रोतबाट गर्ने उहाँले जानकारी दिएका छन् । सो सचिवालय निर्माण भएपनि अहिलेको संघको भवनलाई अतिथी सदनको रुपमा प्रयोग गर्ने उहाँले बताए । सो भवन शिलान्यास कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्षहरु तथा प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहेको थियो ।

