नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन देशद्रोही भएको बताएका छन् ।
बुधबार झापामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धनले देश बनाउने एमालेको लक्ष्यलाई पूरा गर्न नदिएको आरोप लगाएका छन्। उनले नेपाली काँग्रेस नीतिहिन र सिद्दान्तहिन गन्त्यवतिर गइरहेको बताए।
उनले भने, ‘यो देशद्रोही गठबन्धन हो। यल्ले नेपाली जनतालाई ढाँट्छ, ‘एमसिसीलाई पत्र लेख्छ, लेखेको छैन भन्छ। लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ। त्यस्तो होइन भने त्यस्तै चाहीँ होइन लेख्न चाहीँ लेखेकै हो भन्छ।’
‘फलानासँग तीनचार पल्ट भेटेँ भन्छ। पछि सपनामा भेटेँ भन्छ। सपनामा केके हुन्छ हुन्छ ?, ’ प्रचण्डलाई लक्षित उनले भने ।

