बीरगन्ज,२२ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बीआर ५०–०६२८८ र ना. २२ प ३२८५ नम्बरका मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल चालक राजविराज नगरपालिका–१२ सिंगियौनका २३ वर्षीय छोटेलाल यादव गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरी ले जनाएको छ। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




