सन्दीप प्रकरण : होटल संचालकले सिसिटिभीले काम गर्दैन भनेपछि प्रहरीले ल्यायो हार्डडिस्क

spot_img

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले यसको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक पटक बलात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ ।

अनुसन्धान गर्न काठमाडौँको गौशालाबाट खटिएको प्रहरी टोलीले नगरकोटमा उनीहरु बसेको रेष्टुरेण्ट/होटलको सिसिटिभी जाँच गरेको छ । तर जांच गरेको सिसिटिभीमा उनीहरु घुमेको दृश्य नदेखिएको प्रहरीले जनाएको छ ।

होटल संचालकले ‘सिसिटिभी ले काम गर्दैन’ भन्ने जानकारी गराएपछि प्रहरीले हार्डडिस्क नै उठाएर काठमाडौँ ल्याएको छ ।

क्रिकेटर लामिछाने अहिले देशबाहिर रहेका छन् । केहीदिन पछाडी मात्र नेपाल फर्कने उनले बताएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय