spot_img

महिला मतदाताहरूले भने प्रदीप यादवलाई नै फेरि अवसर दिए महिलाको सशक्तिकरण हुन्छ

spot_img
spot_img

वीरगञ्ज, ४ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादवलाई जिताउन समाजवादी महिला संघले पनि प्रचार प्रसार अभियानलाई निरन्तरता दिएका छन्।

समाजवादी महिला संघमा आबद्ध महिला नेतृहरुले मतदाताको घरघरमा पुगेर प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

शुक्रबार पनि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।

यसैक्रममा महिला मतदाताहरूले महिला सशक्तिकरणकाे लागि प्रदीप यादवलाई नै फेरि अवसर दिने बताएका छन् ।

घरदैलोका क्रममा खासगरि महिला मतदाताहरुले सांसदमा जितेर मन्त्रीसमेत भएका यादवले क्षेत्रको समृद्धि र विकासमा नमूनाम काम गर्नुका साथै युवती र गृहिणी महिलालाई आत्मनिर्भर बनाउने विभिन्न योजना पनि सञ्चालन गरेकाले आफुहरुको यसपालिको पनि रोजाइ यादव नै भएको प्रतिक्रिया दिएको घरदैलोमा सहभागी समाजवादी महिला संघकी नेतृ प्रेरणा श्रेष्ठले जानकारी दिइन् ।

समाजवादी महिला संघ मधेस प्रदेश संघ मधेश प्रदेश समितिकी उपाध्यक्ष पिंकी यादवको नेतृत्वमा शुक्रबार भएको घरदैलो कार्यक्रममा नेतृहरु अन्नपूर्णा मानन्धर, सुनिता साह, लालसा चौधरी लगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय