जनकपुरधाम, मंसिर १० । जनकपुरधाममा सभ्य समाजको पहिचान: लैंगिक हिंसा विरुद्धको अभियान लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा सेलिब्रेटिङ लोकल हिरोज अभियान बाट धनुषाकी काजल झा समानित भएकीछिन्।
यस कार्यक्रमका आयोजक महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेश र समन्वय UNFPA र लाइफ नेपाल रहेका छन् ।
काजल कुमारी झा मिथिला बिहारी वार्ड १० को गाउँ थेरामा बस्दै आएकि छिन्। उनी कक्षा १२ पास गरेपछि टीनएजमै कामको खोजीमा थीई त्यति खेर उहाँ कामको खोजीमा थीईन ।
२०७३ सालमा लाइफ नेपालमा स्वयंसेवक (युवा च्याम्पियन) को लागी अन्तर्वार्ता दिदा चयन भएकी र आफनो गाउ आफुले पढेको स्कूल “श्री गंगा प्रसाद सेकेन्डरी स्कूल” थेरामा वर्क ग्रन पालो उनिले पाईन यही संगै मिथिला बिहारी को ५ डब्लुटीए सरकारी स्कूलमा काम गर्ने अवसर पाइन्। युवा झाले विभिन्न क्लब गठन गरी ग्रे लिङ्ग आधार हिंसा र बाल विवाह सम्बन्धी कार्यक्रम गरेकी छन् ।
युवा झाले काम गर्दै कर्ममा दर्जनौ बालिकाहरुको बालविवाह मुद्दा रिफेर माध्यमले रोकेकी छिन् भने उनी आफै किशोर अवस्थामा हुंदा खेरी नै कामगर्ने कर्ममा उनलाई घरबाट बिहे गर्न दबाब दिएको थियो । आफनो बाल विवाह आफै रोकन प्रयासमा सफल पनि भईन्।
बाल विवाह रोक्ने कर्ममा उनलाई एकदम गारोहा भाको थियो बालबालिकाहरुको आफन्तहरुले उहाँको घर आएर गाली गलोज र धाकधम्की सम्म दिएका छन् यसरी विभिन्न चुनौती आएपनि निरन्तर काममा लागि रहिन्।
अहिले युवा झाले लाइफ नेपाल, वरेक नेपाल जस्ता थुप्राइ संस्थामा काम गरिसकेकी छिन सँगै सफल भएकी छिन्।।
अहिले उनी लाइफ नेपालमा सामुदायिक सहजकर्ता भएर उनी आफ्नै गाउँमा अशक्तता व्याका मानछेरुको लागी काम गरिरहेकी छिन् सँगै बि.एड चौथो वर्षमा अध्ययन गर्दै आएकी छिन्।
कार्यक्रममा मिथिला बिहारी नगरपालिका उप-मेयर शोभा देवी ,लाइफ नेपालका सुरैत ठाकुर, मानव अधिकार , ग्रीन स्पेस, माइती नेपाल, नेपाल प्रहरी लगायतका विभिन्न संघ सन्थाहरु उपस्थित रहेको छ।