बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

जनकपुरधामको फोहरमैलाको डेटा सङ्कलन गर्दै डिजिटल स्वयंसेवक 

सिफारिस

- Advertisement -

जनकपुरधाम,मंसिर ११ ।प्रदेश नम्बर २ को राजधानी जनकपुरधामलाई जीवित सङ्ग्रहालय पनि मानिन्छ। जनकपुरधाम दूधमती, जलाद, रातो, बलान र कमला जस्ता विभिन्न नदीहरू र गंगा सागर, धनुषा सागर, अर्गजा पोखरी, रुक्मणी पोखरी, अगनी कुण्ड, बिहार कुण्ड,रतन सागर जस्ता विभिन्न धार्मिक पोखरीले घेरिएको छ, र विशेष गरी यस क्षेत्र भित्रका मन्दिर र पोखरीहरूको लागि प्रसिद्ध छ।

धार्मिक पर्यटकीय क्षेत्रहरुको रुपमा चिनिने। जनकपुरधाम हालको सर -सर्फाईमा पछिलो अवस्था र हालको अवस्था निकै नै फरक रहेको छ ।

- Advertisement -

यति खेर जनकपुरका युवाहरुले सरसफाईको विषयमा एकदम चासो लिन थालेका छन् ।जनकपुरधामलाई सरसफाई माध्यम बाट कसरी स्वच्छ,सफा र राम्रै बनाउन सकिन्छ भने विषयमा काम गर्दै आइरहेका छन्।

जनकपुरधाममा युवाहरु विभिन्न मानवीय सेवाका विविध गतिविधिमा जुटिरहनेका छन् भने यही सँगै अहिले जनकपुरका युवाहरु डिजिटल एड्भोकेट्स स्वयंसेवकको रूपमा जनकपुरधाम उप-महानगरभित्रको समुदायका फोहोरगरुको ट्याग मी एप प्रयोग गरी डेटा सङ्कलन गरिरहेका छन्।

ट्याग मी एप एउटा डिजिटल वकालतलाई समर्थन गर्न डिजिटलडेटा सङ्कलन गर्ने एउटा ग्रुप वा एप रहेको छ । जसले फोहोरहरुको व्यवस्थापनका निमित तथा डाटा सङ्कलन गर्ने काम गर्दैछ। प्रतेक वर्ष झैं यस वर्ष पनि फोहोर व्यवस्थापनलाई वातावरणीय र जलवायु चिन्ताको विषयको रूपमा पहिचान गरिएको छ । ट्याग मी एप मार्फत जनकपुरका युवाहरूले नीतिनिर्माताहरूलाई सञ्चार गर्न र नीति परिवर्तनका लागि आवाज दिन प्रमाणको रूपमा आफ्नो समुदायका फोहोरका मुद्दाहरूमा डेटा सङ्कलन गर्दै आईरहेका छन्।

ठोस फोहोर व्यवस्थापनको सफाईको मुद्दाहरूमा डेटा सङ्कलन गर्न डिजिटल एड्भोकेसी भोलिन्टिर फोर नेपाली युवा इन क्लाईमेनट एक्शन एन्ड ग्रीन ग्रोथ प्रोजेक्ट  सोलिड वस्टे मेनेजमेन्ट ‘(ट्याग मी एप) जुन चाहिँ नेपालमा युरोपेली संघ ईयू, अन्तर्राष्ट्रिय साझेदारी युथ इनोभेसन ल्याब, क्रिएशन , रेस्त्लेस देव्लोप्मेंट , नेपाल विपद् व्यवस्थापन अध्ययन केन्द्र गराउँदै छन् ।

 

यस डिजिटल एड्भोकेट्स स्वयंसेवकमा जनकपुरधाम बाट नौ जाना स्वयंसेवकहरु  अजमेरी,अक्षत राजपुत,पुजा श्रेष्ठ,फैजा,आनन्द शर्मा,मनिष साह, सञ्जु पाण्डे प्रिया झा, रजत कायस्थ रहेका छन्।

ट्याग मी एप प्रयोग गर्न केही महिना अगाडि डिजिटल स्वयंसेवकहरूलाई ट्याग मी एप बारेमा र डिजिटल एड्भोकेसी बारे तालिम दिएका छन् ।
हाल चाहिँ जनकपुरका डिजिटल एड्भोकेसी भोलिन्टिहरु विभिन्न युवा समुहलाई अभिमुखीकरण र सम्पर्क गरी फोहरको प्रमाणका लागि फोटो सङ्कलन गर्न जनकपुरधामका विभिन्न वार्डमा फोहोर खोज्न पुग्दै छन् । फोहोर सर्वेक्षण गर्दा मैले युवाहरुले फोहोरहरू जस्तै प्लास्टिकको बोतल, कागज, धातु, केही मेडिकल फोहोर र खाद्य फोहोर वरपर धेरै फोहोरहरू देख्न पाएका छन् भने ट्याग मी एप प्रयोग गरेर फोटो खिच्दै प्रमाण संकलन गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -