काठमाडौं,२८ मंसिर । बलिउड अभिनेता विवेक ओबरोय बुधबार नेपाल आउने भएका छन् । एक साता नेपाल बस्ने गरेर उनी साँझ ६ बजे परिवारसहित नेपाल आउन लागेका हुन् । नेपाल बसाइको क्रममा उनले सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।
विवेकले केही अगाडि एक भिडियो सन्देश जारी गर्दै नेपालमा भ्रमणबारे जानकारी दिएका थिए । ओबरोय व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । उनी नेपालमा पुनमको मिट एण्ड ग्रीट लगायत केही कार्यक्रममा पनि सहभागी हुनेछन् ।
ओबरोय चर्चित बलिउड अभिनेता हुन् । उनले तेलगु, मलाया, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।

