10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

होटल हब बन्दै बाँके, पर्यटकको पहिलो रोजाईमा नेपालगञ्जको होटल सिटी प्यालेस

सिफारिस

नकुल खत्री
नकुल खत्री
Nakul khatri Correspondent from Nepalgunj.

बाँके । बाँकेको नेपालगञ्ज होटल हबको रुपमा अघि बढ्दै गएको छ । पश्चिम नेपालको आर्थिक हबको रुपमा अघी बढदै गरेको नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएकै कारण भारतीय पर्यटक बढन थालेपछि यहाँ होटलमा लगानी बढेको देखिन्छ ।

- Advertisement -

होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरमा मात्रै होटल व्यवसायमा रू १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी रहेको समेत बताईएको छ ।

होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभरि साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा छन् । जसमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जनासम्मलाई राख्न सकिने क्षमता छ । जिल्लामा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्नेक्रम पनि बढेको छ । बाँकेमा हालसम्म दुईवटा पाँचतारे होटल खुलिसकेका छन् भने दुईवटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् ।

- Advertisement -

पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुनेभएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो । मानसरोवर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउँछन् ।

होटलको सङ्ख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेको होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्यालले बताए । उनले आफूहरूले पनि दुई हजार जना क्षमताको होटल बनाइसकेको बताउँदै नेपालगञ्ज बजारका दृश्यावलोकन गर्न मिल्ने गरी होटलको चौथो तलामा रेस्टुरेन्ट सञ्चालन गरिरहेको र मनोरन्जनका लागी क्यासिनो समेतको ब्यवस्था रहेको उनको भनाइ छ ।

पर्यटनको पहिलो रोजाई सिटि प्यालेस

होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्याल

यसो त नेपालगञ्जमा थुप्रै होटलहरुछन् तर पर्यटनको पहिलो रोजाईमा सिटि प्यालेसनै पर्छ । सिटि प्यालेस चार तारे होटल भएता पनि सिटि प्यालेसमा प्राय प्यकैहुने गरेको र रुमको लागि प्रिबुक नर्गदा यहाँ रुम पाउनै गाह्रो हुने पर्यटहरु बताउँछन् । यहाँ थुप्रै होटेल भएतापनि सिटि प्यालेस बजार नजिकै रहेको, सहज लोकेसनमा पर्ने गरेको र अन्य होटेलको भन्दा सेवा सुबिधा अलि फरक रहेकोले निकै रुचाइएको पर्यटहरुे बताउँछन् ।

यहाँ आउने पर्यटकहरु पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृती, प्रांगारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू अवलोकन गर्न आउँछन् ।

बाँकेले पर्यटन व्यवसायको ठूलो सम्भावना बोकेको देखिन्छ । यहाँका पर्यटकीय स्थलहरूको उचित संरक्षण सम्वर्द्धन हुनसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ ।

त्यस्तै अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्कआदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल बैश्यको भनाइ छ । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा रू डेढ अर्ब लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको सञ्चालक मिश्रले बताए । त्यस्तै राँझा विमानस्थल नजिकै ‘वन्डरल्याण्ड वाटर पार्क’ निर्माण भएको छ भने अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडेइनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -