spot_img

खसीको मासुको अचार मन पर्छ ? यसरी बनाउनुहोस् !

spot_img
spot_img

चाहिने सामान

बोसो र हाड नभएको मासु एक केजी
तोरीको तेल २०० मिलि
अदुवा, लसुन जुलियन ६० ग्राम
जिरा मसला एक चम्चा
मिट मसला एक चम्चा
रायो भुटेर पिसेको दुई चम्चा
पकाएको चुक अमिलो आधा चम्चा
नुन, खुर्सानी स्वाद अनुसार वा एक चम्चा सानो
बेसार एक चम्चा
मेथी एक चम्चा
हिङ आधा चम्चा

विधि

मटनलाई सानो–सानो पिस काटेर कुनै भाँडोमा राखेर बफाउने । कुनै भाँडोमा तेल तताएर मटनलाई सानो आगोमा फ्राई गर्ने । जब मटन पाकेर झरुम्म हुन्छ, आगो बन्द गर्ने । फ्राई पेनमा तेल तताएर मेथी कालो–कालो भएपछि अदुवा, लसुन, नुन राखेर मटनमा झान्ने । अब सबै बाँकी रहेका सामान अमिलो र रायोको धूलो हालेर राम्रोसँग हातमा पञ्जा लगाएर मिक्स गर्ने । अचार सेलाएपछि सफा ओबानो सिसीमा हालेर बिर्को राम्रोसँग लगाएर राख्ने । अब तपाईंको मासुको अचार तयार भयो । पाँच–छ दिनपछि खान सक्नुहुन्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय