यूएईले दियो नेपाललाई २०८ रनको टारगेट ,सन्दीपले दिलाए ३ विकेट

spot_img

काठमाडौँ,१८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो ।

यूएईका लागि आसिफ खान र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । आसिफले ९९ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । त्यस्तै ७६ बल खेलेका मुस्तफाले २ चौकाको सहयोगमा ५२ रन बनाए ।

यूएईका आर्यन लाकरले २८ रन बनाउँदा चन्दकोपियल रिजवानले २२ रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए ।

आजको खेलमा नेपाल जित निकाल्दै लिग–२ मा आफूलाई बलियो बनाउने योजनामा छ । नेपाललाई विश्वकप छनोट हुन अब बाँकी ६ खेलमा जित निकाल्न आवश्यक छ ।

नेपालले एकदिवसीय मान्यता प्राप्त गर्न अब चार खेल जित्न आवश्यक छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय