हेमन्त तामाङ /सिड्नी ,२१ फाल्गुन । Association of Nepal Terai In Australia/एशोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले यस वर्ष पनि होली हर्षोल्लासका साथ मनाउने भएकाे छ । एण्टा फाउण्डेशन अष्ट्रेलियाले होली हगांमा कार्यक्रम गर्ने भएको छ । एन्टाले आइतबार मार्च ५ का दिन होली हगांमा कार्यक्रम गर्न लागेको एन्टाका अध्यक्ष सुबांस प्रसाद साहले नेपाल पाेष्ट डेलीलाइ बताए ।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको एन्टाको भनाई छ । कार्यक्रममा नेपालका चर्चित भोजपुरी कालाकारहरुको प्रस्तुति रहने एन्टाले जनाएको छ । सो कार्यक्रमका लागि नेपालका चर्चित भोजपुरी लोक गायक सुनिल पंडित, अासिफ राउफ, बर्षा इटानि, उषा बरीया र रूपक बुडाथाेगि लगायतकाे प्रस्तुति रहने बताइएकाे छ ।
कार्यक्रममा सहभागी हुन नेपाली कालाकारहरुको टोली अष्ट्रेलिया पुगिसकेको पर्साका भोजपुरी लोक गायक सुनिल पंडितले नेपाल पोष्ट डेलीलाई बताए ।