आज काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ।
आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४दशमलब ३ म्याग्निच्युड मापनको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको पनि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

