spot_img

नेपालगन्जमा मातृभाषा, बालसाहित्य र समालोचना सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न

spot_img
spot_img

बाँके । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र सिर्जना कला साहित्य प्रतिष्ठान बाँकेको आयोजनामा बाँकेको नेपालगन्जमा मातृभाषा, बालसाहित्य र समालोचनासम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ।

प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्य, प्रज्ञापरिषद् सदस्य त्रैलोक्यमान बनेपाली र प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको उपस्थितिमा मातृभाषा, बालसाहित्य र समालोचना सम्बन्धि परामर्श कार्यक्रम भएको हो।

कार्यक्रममा उपकुलपति विमल निभा तथा प्राज्ञ त्रैलोक्यमान श्रेष्ठले सपथ लिएपछि आफूहरू सम्भावनाको खोजी गर्दै पहिलो कार्यक्रमका रूपमा बाँके बर्दिया आएको बताए।

कार्यक्रममा बालसहित्यबारे किरण आचार्य, समालोचनाबारे ईश्वरीप्रसाद रिजाल र ऊर्दू तथा अवधी भाषा साहित्यबारे क्रमशः सरवर नेपाली र सचितानन्द चौवेले जानकारी गराएका थिए।

कार्यक्रममा प्राज्ञ प्रतिष्ठानका प्रज्ञा सभा सदस्यहरू महानन्द ढकाल र शशिराम कार्कीले आफूहरूले यस क्षेत्रको भाषा साहित्यको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा प्राडा गोपालप्रसाद अधिकारी, प्राडा जनार्दन आचार्य, अब्दुल लतिफ शौंक र खगेन्द्र गिरी कोपिला, बलराम यादव लगायत मणि अर्याल, सुमित्रा न्यौपाने, चरित्रा शाह, जमिल हासमी, मस्तफा हसन, पुष्पमणि प्रधान, हिरालाल चिन्तक, बिक्रम शिशिर, विपि अस्तु, लेकप्रसाद प्याकुरेल, भिमबहादुर शाही, बोधराज प्याकुरेल, पंकज श्रेष्ठ, कल्पना खरेल, ललितप्रकाश चन्द, लक्ष्मी बस्याल, पुष्षा भट्टराई, सुदिप भट्टराई, पवन जैसवाल, उषातानी सुवेदी लगायतको उपस्थिति रहेको थियो।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष कपिल अन्जानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपप्रध्यापक विष्णु केसीले गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय