spot_img

प्रचण्ड पार्टीका जंगबहादुर हुन् र प्रधानमन्त्री बनाएकै भोलिपल्ट इमान छाडे: ओली

spot_img
spot_img

काठमाडौं, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको टिप्पणी गरेका छन्।

प्रचण्डले राजनीतिक समीकरण फेरेपछि तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको आरोप लगाए।

उनले भने, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ। त्यो पार्टीका उहाँ बाहेक सबै अरू केही छैन। अलमलमा वा दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीको हुनुहुन्छ। उहाँले जे भन्यो उहाँहरूले अरूलाई बोल्न पनि दिनुहुन्छ। बोलेझैँ गर्‍यो भनेपनि विपक्षमा बोल्यो भनेर त्यसको पत्ता साफ हुन्छ। अरूसँग मिलेको भन्ने आरोप लाग्छ। एकता गर्नु हुन्न। कदम कदाचित एकता भयो भने पनि तोड्ने उद्योगमा लाग्नुहुन्छ। तोडेर जानुहुन्छ। चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन।’

spot_img

ताजा अपडेट

लोकप्रिय