सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

मधेश सरकारको घोषणा रंगशालामा दुई अर्ब लगानी गर्ने

सिफारिस

जनकपुरधाम, चैत ८ ।  मधेश सरकारले जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।

- Advertisement -

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ रजौलस्थित निर्माणधीन रंगशालाको बुधबार स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले यस्तो घोषणा गरेका हुन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला घोषणा गरेको एक अर्ब र मधेश सरकारले थप एक अर्ब गरी दुई अर्ब रुपैयाँ लगानी गरेर रंगशालालाई पूर्णता दिने मुख्यमन्त्री यादवले बताए ।

उनले देशकै सुविधासम्पन्न नमुना रंगशाला बनाएर र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने समेत घोषणा गरे ।

- Advertisement -

राष्ट्रिय खेलकुद परिषद् राखेपले २०७४ सालमा तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न रंगशाला बनाउने भन्दै रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि गुठी संस्थानसँग भाडामा लिएको थियो ।

राखेपले त्यतिबेला उक्त जग्गामा फुटबल स्टेडियम, क्रिकेट स्टेडियम र हक्की स्टेडियमका साथै बहुउद्देश्यीय इन्डोर कभर्डहल, कबड्डी, खोखो र कुस्तीको ट्रेनिङ सेन्टर निर्माण गर्ने भने पनि काम केही भएको छैन ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार