सुकुम्बासी माझीले गरे भूमिपुजन

spot_img

  जनकपुरधाम,चैत्र ८।

जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादव, मधेस प्रदेशका मुख्य न्यायधिवक्ता विरेन्द्र ठाकुर ,समाजसेवी पुर्व शिक्षक पुरुषोत्तम कर्माचार्य ,युवा नेता शितल साह र स्थानीय वासीको सहयोगमा घरवारविहीन रहेका सुकुम्बासी शत्रुधन माझी मुसहरको घरको निर्माण कार्य शुभारम्भ गरिएको छ।

समाजसेवी नेता प्रदेश सांसद यादवको विशेष उपस्थितिमा शत्रुधन माझीले भुमिपुजन गरि घर निर्माण कार्य शुभारम्भ गरिएको कुरा स्थानीय समाजिक अगुवा राम दयाल मुसहरले जानकारी दिएका छन।

शहिदनगर नगरपालिका वार्ड नं ५ पचहर्वा स्थिति नमुना मुसहर वस्तीमा प्लास्टिक ले छोपेको सानो छाप्रोमा २ संतान र १ पत्नी सहित कष्टकर जीवन विताई रहेका शत्रुधन मुसहरको घर बन्ने कार्य थालेपछि स्थानीय सामुदाय हर्षित भएका छन।

प्रदेश सांसद यादवको सार्थक प्रयास बाट समाज रुपान्तरण का लागि पचहर्वा गाउं को नमुना मुसहर वस्तीमा ईजोत निशुल्क ट्युसन सेन्टर पनि संचालन गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय