spot_img

बाँकेमा सामुदायिक वनका अध्यक्षसहित ८ जना पक्राउ

spot_img
spot_img

बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारूसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ​

घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ । ​

घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा उनीहरूमाथि मुद्दा चलाइने भएको छ । ‘काठ, दाउरा बेचेको हिसाब पनि छैन । खातामा समेत पैसा देखिँदैन’, अधिकृत खड्काले भने।

साल, अस्ना, कर्मा, जामुन, सिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय