मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

जनकपुरधाममा मनाइयो आज विश्व क्षयरोग दिवस

सिफारिस

 

- Advertisement -

जनकपुरधाम, चैत १० । आज विश्व क्षयरोग दिवस ।”हो, हामी क्षयरोग अन्त्य गछौं भन्ने नाराका साथ जनकपुरधाममा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

- Advertisement -

२४  मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएकाे एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि  यो दिवस मनाउन थालिएको हो ।

जनकपुरधाम उप-महानगरपालिका वार्ड नं १० मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र देवी चौकमा आयोजक नेपाल क्षयरोग निवारण संस्था ( धनुषा शाखा) र समन्वय- वडा नं. १० जनकपुरधाम उप-महानगरपालिका “हो, हामी क्षयरोग अन्त्य गछौं ” भन्ने नाराका साथ समूदायका अगुवाहरूको उपस्थितीमा क्षयरोग सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

उत अभिमुखिकरण कार्यक्रममा जनकपुरधामका मेयर मनोज कुमार साहले क्षयरोग निवारणको अभियानमा संस्थाले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

उपमहानगरपालिकाका चिकित्सक फिजिसियन डा. रामकृष्ण कुमार साहले क्षयरोगका बारेमा प्रकाश पारेका थिए । २०७० सालको सर्वेक्षण अनुसार नेपालमा वर्सेनि ६९ हजार क्षयरोगका बिरामी भेटने गरेका छन् जस्मा १७ हजारको हाराहारीमा यो रोगले मृत्यु पनि भइरहेको छ । हाल ३ प्रतिशतको दरले बिरामी संख्या घट्दो क्रममा रहेको र सहस्त्राविधि २०३० सम्म क्षयरोग पूर्णत: निवारण गर्ने लक्ष्य हासिल गर्न १० प्रतिशतको दरले बिरामी संख्या घटाउनु जरुरी देखिएको छ ।

 

उत कार्यक्रममा प्रमुख अतिथीमा जनकपुरधाम उप-महानगरपालिका मेयर मनोज साह,नेपाल क्षयरोग निवारण संस्थाका अध्यक्ष चन्द्र प्रकाश भगत, सोही संस्था उपाध्यक्ष अशोक रोनियार , सचिव सन्त कुमार,मेडिकल अफिसर डा. राम कृष्ण शाह,वडा अध्यक्ष वार्ड नं १० का मिथिलेश कुमार कर्ण , वडा सचिव जमुना भुजेल, वडा सदस्य गीत देवी,नीतु मल्लिक, मनोज कुमार,पत्रकार तथा युवा अगुवाहरुको सहभागिता रहेको थियो ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -