शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

एसी, फ्रिज, गाडीबेयर सहित ग्याससंग सम्बन्धि तालिम जनकपुरधाममा सुरु

सिफारिस

जनकपुरधाम, चैत १८ । जनकपुरधाममा गुणस्तर तथा नापतौल विभाग नेपाल र नेपाल रेफ्रिजेसिन एण्ड ईलेक्ट्रो मेक्यानिकल संघको संयुक्त आयोजनामा एसी, फ्रिज, गाडीबेयर कन्डिसनसहित ग्याससंग सम्बन्धि दुईदिने तालिम सुरु भएको छ ।

- Advertisement -

वातावरण सफा राख्ने, नयाँ प्रविधिसित जोड्ने, दुर्घटनाबाट जोगाउने तथा सुरक्षित बनाउने उदेश्यसहित सुरु भएको तालिममा धनुषा जिल्लाका ५० जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

नेपाल रेफ्रिजेसिन एण्ड ईलेक्ट्रो मेक्यानिकल संघका धनुषा जिल्ला अध्यक्ष महावीर ठाकुरको अध्यक्षतामा तालिम चलिरहेको छ । तालिममा गुणस्तर तथा नापतौल विभाग नेपालका निर्देशक किशु मानन्धर र संघका केन्द्रीय अध्यक्ष बिनोद डंगोलको तालिममा विशेष उपस्थिति रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -