शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

CGNET बिराटनगर पुग्यो, थप ६ सहरहरुमा बिस्तार हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चौधरी ग्रुपको मातहतमा रहेको CGNET छोटो समयमै नेपालमा एकदमै रुचाइएको इन्टरनेट प्रोभाइडर बन्‍न सफल बन्‍न सफल बनेको छ । बजारमा 80 र 100 Mbps स्पिडको नेटको बर्चस्व हुँदा जनताले यो भन्दा सस्तो मुल्यमा अझै छरितो नेट पाउनुपर्छ भन्दै 120 Mbps को सबै भन्दा छिटो इन्टरनेट सुबिधा लिएर बजारमा उदाएको CGNET नेपाली इन्टरनेट क्षेत्रमा परिवर्तन ल्याउन सुरुवाती दिनहरुबाटै केन्द्रित रहेको कम्पनी हो । काठमान्डौँ सहरहरुका धेरै क्षेत्रहरुमा आफ्नो भरपर्दो र छरितो नेट र IPTV सुबिधा दिँदै आएको CGNET ले सुविधा क्षेत्र बिस्तार गर्दै बिराटनगर आइपुगेको छ । बिस्तारकै क्रममा केहि समयमै बिरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने कम्पनीको योजना छ । यसरी थोरै सहरमा मात्र सिमित CGNET नेटवर्क बिस्तार हुँदा धेरै भन्दा धेरै ठाँउका मानिसहरु भरपर्दो र छिटो नेटको सुबिधाबाट लाभान्वित हुने कम्पनीले बताउँछ ।

- Advertisement -

इन्टरनेट र IPTV बाहेक सिजीनेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै CGNE “ Speed दमदार Price शानदार” योजना अन्तगर्त आफ्ना प्रयोगकर्तालाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज , सिजी TV र घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर लिएर आएको छ । CGNET को प्रयोगकर्ता बनेर मानिसहरुले ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । नयाँ प्रविधिसँग मानिसहरुलाई सहज रुपमा जोड्नका र तिनलाई गुणस्तरिय सुबिधा दिनका निम्ति यस्ता अफर लिएर आएको कम्पनीको भनाइ छ ।

बजारमा आफ्नो उपस्थिति जनाएको थोरै समयमै प्रयोगकर्ता र अन्य मानिसहरुको मन जित्न सफल CGNET, 130 Mbps नेटलाई सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामा नेपाली जनता माँझ ल्याउने पहिलो कम्पनी हो । अत्याधुनिक प्रविधिको प्रयोग गर्दै देशै भर सस्तो र भरपर्दो इन्टरनेट सेवाका साथमा बिभिन्‍न अफर ल्याएर नेपाली इन्टरनेट मार्केटमा ठूलो परिवर्तन ल्याउनका लागि CGNET सदैव अग्रसर रहेको छ । देशलाई संसार सँग सस्तो र भरपर्दो इन्टरनेटको माध्यमबाट जोड्ने उद्देश्यलाई पछ्याउँदैनै CGNET नेपालका विभिन्‍न क्षेत्रमा आफ्नो सेवा बिस्तार गरिरहेको छ । सस्तो र भरपर्दो इन्टरनेट खोज्‍ने काठमान्डौँ बाहिरमा मानिसहरुका लागि यो एक सुवर्ण अवसर हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -