जनकपुरधाम, चैत २३ ।
जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान नजिक रहेको हनुमानजीको संकटमोचन मन्दिर विश्व प्रसिद्ध मन्दिर रहेको छ । यो मन्दिर रंगभूमि मैदान १२ बिघाको उत्तर पश्चिम कुनामा अवस्थित छ । मन्दिरको स्थापना २००० सालमा गरिएको थियो ।जनकपुरधाम घुम्न आउने श्रद्धालु तथा पर्यटकहरु एक पटक यहाँ अवश्य नै पुग्ने गर्छन् । 
एका बिहान लायन्स/लियो क्लब अफ जनकपुरधामले हनुमान जयन्तीको उपलक्ष्यमा संकटमोचन मन्दिरको सरसफाई सँगै डस्टबिन प्रदान गरेका छन्। मन्दिरको भित्र प्रगण देखि बाटो सम्मको रहेका प्लाष्टिक तथा अन्य फोहोर सामग्रीहरु सरसफाई गरिएको छ ।



विगतको समयमा मन्दिरमा दर्शनगर्न क्रममा मन्दिर क्षेत्रसम्म पलाष्टीक जन्य फोहोरहरु धेरै भएकाले सरसफाई गरिएको लियो क्लब अफ जनकपुरधामका जनसम्पर्क अधिकृत लियो विकास शाहले बताए ।
मन्दिर क्षेत्रको सौन्दर्यमा कतै पनि कमी नआओस् भनेर सबै मिलेर सरसफाई गरिएको उनको भनाई छ ।अहिले मन्दिरको सौन्दर्यमा आकर्षक बनाइएको छ । मन्दिरमा प्रत्येक शनिबार र मङ्गलबार दर्शन गर्न घुईचो लाग्ने गर्दछ।मन्दिरमा विभिन्न स्थानबाट पर्यटकहरू अवलोकन र दर्शन गर्न आउँछन् ।

