काठमाडौँ | २०७९ चैत २४ — नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको
उपलक्ष्यमा ‘फोनपे गर्ने हो! QR मा उपहार जित्ने हो !’ योजना ल्याएको छ । २०७९ चैत २९ देखि २०८०
वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई
१ तोला सुन र स्कुटर प्राप्त गर्न सकिनेछ ।
योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने
ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले
‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन् ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भन्नुभयो, “फोनपेको नेपालमा डिजिटल भुक्तानी
प्रबर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप ‘फोनपे गर्ने हो !’
अभियान ल्याइएको हो ।” यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको
सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उहाँले बताउनुभयो । ‘नगद छोडौँ,
फोनपे गरौँ’ ट्यागलाइनको साथ फोनपेले नगदको झञ्झटलाई हटाउन डिजिटल भुक्तानी प्रणाली सुरू गरेको
थियो ।
फोनपेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्युआर मर्चेन्ट) आबद्ध रहेका छन् । फोनपे नेटवर्क मार्फत हाल
दैनिक करिब रू. ५ अर्बको कारोबार हुँदै आएको छ । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था
आबद्ध छन् । एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा
प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै
स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्युआर शहरका
अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी
गर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका
साथै नेपालको डिजिटल अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउँदै जान थालेकोे छ ।
नेपाललाई क्यासलेस बनाउने योजना अनुसार तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम
व्यवसायीको आकर्षण बढेको छ । नयाँ वर्ष २०८० को ‘फोनपे गर्ने हो !’ योजना पनि नेपाललाई डिजिटल
परिवर्तनतर्फ डोहोर्याउने ठूलो लक्ष्यको एउटा कदम रहेको छ ।