जनकपुरधाममा जुडशितल मनाइदै

spot_img

जनकपुरधाम, २ वैशाख । तराई मधेशमा आज जुडशितल पर्व मनाईदै छ । यस पर्वमा घरका ठूला बड़ा अभिभावक लगायत परिवारका अग्रज सदस्यले आफु भन्दा सानाहरुको शिरमा जल छर्केर आशीर्वाद दिने र माटोको टिका लगाएर वर्ष भरि शितलताको आर्शिवाद दिने परम्परा रहेको छ ।

यसरी सानाको शिरमा जल थपथपाउनुलाई जुराउनु पनि भनिन्छ । शिरमा जल थपथपाएर वर्ष भरि जुराउनु अर्थात शितलता प्रदान होस भने आर्शिवाद प्रदान गरिन्छ।

जुडशितल पर्वका दिन मधेशको हरेक घरमा सोहिजनको तरकारी, तरुवा, बघरुवा, करहीबरही, भुजुवा, आँपको टिकुलाको चटनी,  पापड, सतु लगायत विभिन्न व्यन्जन तयारी गरि भान्सा घरको चुल्हालाई भगवान विष्णुको रुपमा पुजाआजा गर्ने गर्छन।आजको दिन मलिलो माटो सहितको हिलोमा समेत खेल्दा शितलता पाउने भएकाले खेल्ने गरिन्छ । यो परम्परा हराउदै गएपनि यस वर्ष भने जनकपुरधाममा विभिन्न संस्था र युवाहरुले माटो खेलेका छन् ।

 जनकपुरधाममा गंगाआरती गर्ने शेभ द हिस्टोरिकल जनकपुरले गंगासागर किनारमा, लायन्स क्लवले जानकीचौक स्थित अरगज्जासर तलाउ किनारामा स्थानिय युवाहरुसंग र श्री राम युवा कमिटिका युवाहरुले कमिटिको प्राङ्गणमा मलिलो माटो खेलेर गुडशितल मनाएका छन् ।

प्रदेश सांसद तथा गंगाआरतीको प्रारम्भकर्ता  राम अशिष यादवले जुड शितल पर्वले मानवलाई प्रकृतीका मुख्य अंश माटो र जलसंग अपनत्व बढाउनुका साथै जिवनका लागि त्यसको महत्व दर्शाउने बताउछन् । उनले माटो र जल बिनाको जिवन कुनै पनि प्राणीले सोच्न नसक्ने बताए ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय