धनुषाका वडा सचिव घुस रकमसहित अख्तियारको फन्दामा

spot_img

जनकपुरधाम, जेठ ३१ । धनुषाको नगराईन नगरपालिकाका एक वडा सचिव अख्तियारको फन्दामा परेका छन् ।

 

महोत्तरीको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले नगराईन नगरपालिका वडा नम्बर–२ का वडा सचिव अमृत झालाई बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।

वडा सचिव झाले सेवाग्राहीसँग कुनै काम गरेवापत नगद ७५ हजार रुपैयाँ घुस लिएको उजुरीका आधारमा अख्तियारबाट खटेको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

 

अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेकोले थप कुरा पछि जानकारी गराउने जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय