जनकपुरधाम, असार ५ ।
विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ। २० औं शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन्।

यसै गरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज जुन महिनाको दस तारिकको दिन मंगलवार जनकपुरधाममा रहेको सुनौलो बिहानी समाजबाट गौरव यात्राको आयोजना गरिएको छ। विभिन्न ८ वटा पालिका बाट र सबै समूहका युवा,युवतिहरु, सामाजिक अभियन्ता र यौनिक अल्पसङ्ख्यकका समुहहरुले रामानंद चोकमा जम्मा भई यात्रा हस्पिटल रोड, जानकी मन्दिर,जनक चोक हुँदै गंगा सागरमा गएर कार्यक्रममा परिणत भएको थियो।
ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष पिंकी गुरुङ भन्छिन्,गौरव अर्थात् प्राइडको सुरुवात समाजले यी विभिन्न पहिचानयुक्त समूहहरूलाई अवहेलना गरी यस्तो हुनु एउटा लज्जाको विषय भनी लाञ्छित तुल्याउने भएकाले आफ्नो लैङ्गिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारा सहित सुरु भएको पाइन्छ भने सोही गौरव महिनाको अवसरमा हुने भेला तथा र्याली कार्यक्रमलाई गौरव यात्रा (प्राइड परेड) भन्ने गरिन्छ उनी बताउँछिन्।
(FSGM) संघका संयोजक र अभियानकर्मी सिम्रन श्रेचन भन्छिन्,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकभित्र विविधताभएका मानिसहरू छन्। त्यस्ता फरक फरक पहिचान भएकाहरूलाई अङ्ग्रेजीमा लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स र क्विअर भन्ने गरिन्छ।उनीहरू पहिचान र शरीरका आधारमा फरक फरक हुन् गर्छन भने हाम्रो समुदायका साथीहरू आ-आफ्ना जोडीसँग वर्षौँदेखि बस्नुभएको छ तर कानुनी मान्यता नपाउँदा सम्पत्तिलगायत कुनै पनि मौलिक अधिकारको सदुपयोग गर्न पाउनु भएको छैन ।नागरिकताबाहेक आफ्नो इच्छा अनुसार विवाह गर्न कानुनी मान्यता नपाइनु अर्को विभेद भएको उनी बताउँछिन्।
सुनौलो बिहानी समाजका संथापक अध्यक्ष प्रदिप यादवले भने गौरव महिना वा प्राइड मन्थ (Pride Month) एक वार्षिक उत्सव हो जुन महिनामा मनाइने गरिने छ। यसले परस्पर सम्मान, स्वतन्त्रता र गौरवको संकेत मानिन्छ। यसमा लेस्बियन, गे, बिसेक्सुअल, ट्रान्सजेन्डर र नपुंसकलाई उद्घाटन गरिन्छ, र सामाजिक, सांस्कृतिक र राजनितिक दृष्टिबाट समानता, परिचय र सामाजिक प्रतिष्ठा प्रतिष्ठान गरिन्छ बताए।
सुनौलो बिहानी समाजका कार्यक्रम संयोजक सत्यनारायणले भने गौरव महिना, वा प्राइड मन्थ, मनोवैज्ञानिक, सामाजिक, और सांस्कृतिक एकता र समरसताका लागि एक महत्वपूर्ण महिना हो। यो महिना पूर्वानुमानित रूपमा जुन महिनाको चारपट विश्व जुन महिना भनेर चिनिन्छ, जसमा लगभग सबै देशहरूमा समानान्तर रूपमा मनाइएका प्राइड पैरेडहरू छन्। यो महिना प्राइड, लेस्बियन, गे, बिसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स (LGBTQI+) समुदायका सदस्यहरूलाई माथिल्लो लाग्ने र सम्मान गर्ने लक्ष्यले मनाइन्छ।गौरव महिनाले प्राइड परेडहरू, सभा-गोष्ठी, सेमिनार, आन्तरविद्यालय कार्यक्रम, कला रंगकर्महरू, जागृति यात्राहरू, औद्योगिक कार्यक्रमहरू, विशेष टाँप निर्माण, र समाज सेवा कार्यहरूको माध्यमबाट गे, लेस्बियन, बिसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स लोगहरूको संरक्षण, समर्थन, आदान-प्रदान, और सम्मान गरिन्छ।

