जनकपुरधाम,असार ७।
सुनौलो विहानी समाज केन्द्रिय कार्यालय जनकपुरधामको आयोजनामा र जनकपुरधाम उप-महानगरपालिको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । bn

वर्तमान समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले समाना गर्दै आईरहेका विभिन्न विभेद तथा अपहेलना लगायतका चुनौतीहरुका विषयमा वृहत छलफल एवं अन्तरक्रिया गरी त्यस्ता विभेदजन्य गतिविधिहरु विरुद्ध ठोस कदम चाल्न मधेश प्रदेश अन्तर्गत जनकपुरधाम का विभिन्न वडामा रहेका लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको सहभागितामा उक्त कार्यक्रयम सम्पन्न गरिएको हो ।

अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठले लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका विविध विषय समेटिएको प्रस्तुतीकरण गरेकी थिइन् भने साथै लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले आफूहरुले समाजमा भोग्नु परेका विविध वाधा व्यवधानहरु, राज्यले नै सुनिश्चित गरेका हक अधिकार प्राप्तीका क्रममा खेप्नु परेका अफ्ठ्याराहरु लगायतका विषयमा अनुभव साझा गरेकी छिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम उप-महानगरपालिका उप-प्रमुख किशोरी सालले लैगिंक तथा यौनिक अल्पसंख्यकहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न उद्धमशिल तालिमहरु प्रदान गर्दै, उनिहरुलाई आत्मनिर्भर बनाई समाजमा स्थापित गर्न लागि परेको र आउने बजेटमा अल्पसंख्यकहरुको केही बजेट छुटाउने र वृद्धा भता समेत छुटाउने प्रति प्रतिवद्धता गरेका छन्।

यस जन-चेतना कार्यक्रमहका अध्यक्ष सुनौलो बिहानी समाजका संस्थाक प्रदिप यादव ,प्रमुख अतिथी जिल्ला समन्व धनुषाको संयोजक राजनन्दन मंडल,विशिष्ट अतिथीमा जनकपुरधाम उपमहाननगरपालिका उप-प्रमुख किशोरी साह,अतिथीमा वार्ड नं ९ का अध्यक्ष प्रमेश्वर साह,अतिथीमा कार्यपालिका सदस्य मनिषा कुमारी,वार्ड नं १० का सचिव जमुना भूजेल, अभियानीकर्मी सुभद्रा अले,धीरज साह, इन्सेकका राजु पासवान,वरेक धनुषाका सृजना एरियल,सवे द चिल्ड्रेन, एआटी सेन्टर, विभिन्न संघ सन्था र मानव अधिकार स्वास्थ सेवा लगायतका उपस्थिति रहेको थियो।

हरेक वर्ष सरकारले घोषणा गर्ने बजेट भाषणमा नियमित नसमेटिने, लैगिंक पहिचान अनुसारको जन्मदर्ता, नागरिकता जस्ता सरकारी प्रमाणपत्र सहजै पाउन कठिन हुने , विवाहले कानुनी मान्यता नपाउने, बलात्कार लगायत यौनजन्य हिंसा तथा दुर्व्यवहारविरुद्धका कानुनमा नसमेटिँदा राज्यको सेवा सुविधा र न्याय पाउन गाह्रो भइरहेको र यो समुदायको जनगणना तथ्यांक प्रस्तुत गरी कार्य निर्देशिका बनाउनमा सहज हुने हुँदा यो आवश्यक सँगै यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका मुद्दाहरुको बारेमा सरोकारवाला निकाय संग (एलजिबिटिआई क्यू)को समान प्रतिनिधित्व र मतदाता अधिकासंगकेके सम्बन्धि , वैवाहिक समानता ,समान रोजगारी र सामाजिक सुरक्षा योजना ,लाल्छेना र भेदभाव सम्बन्धि मुद्दाहरु बिषयमा सुनौलो बिहानी समाजका संस्थापक प्रदिप यादव गुनासो पोखेका छन्।
कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागी संस्थापक यादवले नील हिरा समाजले विगत २१ वर्ष देखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको यौन स्वास्थ्य, शिक्षा, मानव अधिकार तथा वकालतको क्षेत्रमा काम गर्दै आएको बताए। उनले समुदायले हरेक क्षेत्रमा आफ्नो लैंगिक पहिचान र यौन विशेषताको कारणले विभेद, लाल्छना तथा हिंसा भोग्दै आइरहनु परेको बताए।समुदायले विषेश गरी शिक्षा क्षेत्रमा समस्या र विभेद भोग्नु परेको यादवको भनाई छ। ‘नेपालको संविधान २०७२ ले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारलाई सुनिश्चित गरेको छ, तर विद्यमान कानून नीति तथा कार्यक्रम तर्जूमा गर्दा समुदायलाई वेवास्ता गर्ने गरिएको छ,’ उनले भनिने ‘समुदायको मुद्दालाई संघ, प्रदेश र स्थानिय तहमा सम्बोधन गर्नुपर्छ, अर्थपूर्ण सहभागिता र समावेशिता गराउनुपर्छ।’

