जनकपुरधाम, असार १० ।
लैंगिक समानताका लागि नवप्रवर्तन र प्रविधि रहेको छ भने नाराका साथ १३ औ अन्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।

यस दिवसको अवसरमा देशका विभिन्न स्थानमा लैंगिक समानताका लागि नवप्रवर्तन र प्रविधि रहेको छ भने नाराका साथ १३ औ अन्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा एकल महिलाका समूहहरु लगायतका विभिन्न संघका युवाहरु सहभागिता रहेको थियो।

