बीरगन्ज,२८ असार – इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले सङ्घीय राजधानी काठमाडौँ बाहिरपनि आफ्नो सेवा विस्तार गरेको छ । नेपालकै सस्तो इन्टरनेट प्याकेजका उपलब्ध गराउने उद्देश्यका साथ सुरुवात भएको कम्पनीले बिहीबारदेखि बीरगन्जमा पनि आफ्नो सेवा सुरु गरेको हो । बीरगन्जको पसन होटलमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो सेवा सुविधाको बारे जानकारी दिएको छ ।
नेपलामा सबैलाई इन्टरनेटको आवश्यता परी रहेको परिपेक्षमा खासगरी गरिब बिपन्न,विधार्थी एवं मजदुर बर्गलाई लक्षित गरी कम्पनीले बीरगन्जमा पनि सेवा विस्तार गरेको जनाएको छ ।
यसअघि कम्पनीले काठमाडौँ सहित देशका अन्य १२ प्रमुख सहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ । अब बीरगन्जका प्रयोगकर्ताले वाइफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज मुल्य अभिबृद्धि कर बाहेक क्रमश ५,५०० र ७,५०० मा खरिद गर्न सक्नेछन् ।
बिहीबार एक कार्यक्रमका बिच वाइफाई नेपालले आदर्शनगरमा आफ्नो सम्पर्क कार्यालयको पनि उद्घाटन गरेको छ । कार्यालयको प्रमुख अतिथि एवम् ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायतले रिबन काटेर गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपालकै सस्तो इन्टरनेट उपलब्ध गराउने वाइफाई नेपालले आफ्नो शाखा विस्तार गरेको भन्दै सेवाग्राहीहरुलाई निधर्कका साथ लाभ उठाउन कम्पनीका बीरगन्ज शाखा प्रमुख सुबोध ठाकुरले बताए ।
नयाँ ग्राहकले १२ महिनाको लागि ५० एमबीपीएसको प्याकेज खरिद गर्दा प्रति महिना ५०० रुपैयाँको दरले ५५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ भने ८० एमबीपीएसको प्याकेज खरिद गर्दा ७५ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने तथा यसका अतिरिक्त कम्पनीले ग्राहकसँग अन्य कुनै पनि शुल्क नलिने पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सत्रुधन पञ्जियारले बताए ।
पहिलो चरणमा वीरगञ्जको सहरी क्षेत्रमा सेवा विस्तार गरेको कम्पनीले क्रमश: परवानीपुर, पोखरिया, ड्राइपोर्ट र जिल्लाका अन्य ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना बनाइरहेको पञ्जियारलेले जानकारी दिए ।
कम्पनीले सस्तो इन्टरनेट उपलब्ध गराउँने भएपनि सेवामा कुनै सम्झौता नगर्ने पत्रकार सम्मेलनमा पञ्जियारले बताए । सेवाग्राहीलाई कुनै किसिमको समस्या परे त्यसको छिटो छरितो समाधन गर्ने समेत पत्रकार सम्मलेन कम्पनीका बीरगन्ज शाखा प्रमुख ठाकुरले बताए ।

