शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

नेपालगञ्ज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो, व्यवसायी भन्छन् रौनियारको जीत सुनिश्चित !

सिफारिस

नकुल खत्री
नकुल खत्री
Nakul khatri Correspondent from Nepalgunj.

नेपालगञ्ज । निर्वाचनको मिति नजिकिदै जाँदा नेपालगञ्ज उद्योग वाणिज्य संघमा यति बेला चुनावी सरगर्मी बढेको छ । चुनावलाई लक्षित गर्दै प्रचार प्रसारका कार्यक्रम तीव्र रुपमा भइरहेका छन् भने आफ्नो पक्षमा मत तान्न अनेकन प्रयासहरु भइरहेका छन् ।
आगामी भदौ २ गते हुने संघको निर्वाचनमा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानल गरी २ समूह प्रतिस्पर्धामा होमिएका छन् । नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फका नेतृत्व ललित कुमार रौनियारले गरेका छन् भने समावेशी प्यानलको नेतृत्व टंक बहादुर धामीले गरेका छन् ।
प्रजातान्त्रिक सूहबाट अध्यक्ष पदका उम्मेदवार बनेका रौनियार २ पटक संघको सदस्यमा निर्वाचित भइ काम गरेका व्यक्ति हुन् । उनी एक कार्यकाल वरिष्ठ सदस्य समेत भइसकेका छन् ।
उनले संघलाई उद्योगी व्यवसायीहरुको संस्था बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । पछिल्लो समय संघले उद्योगी व्यवसायीहरुको विश्वास गुमाएको अवस्था रहेको भन्दै संघलाई व्यवसायीहरुको विश्वास र भरोसाको केन्द्र बनाउन आफु लागि पर्ने उनको भनाई छ ।
नेपालगञ्जका साहसी क्षमता भएका व्यवसायिक नेता भनेर चिनिने रौनियार राजनिति र
समाजसेवा क्षेत्रमा सक्रिय रुपमा लागि पर्दै आएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायी क्षेत्रमा स्वच्छ छवि भएका रौनियारलाई नेतृत्वमा पु¥याउन स्थानीय व्यवसायीहरुको राम्रो साथ र समर्थन रहेको पाइन्छ । सबैको राम्रो साथ र हौसला पाएका उनको जित सुनिश्चित भएको स्थानीय व्यवसायीहरु बताउँछन् ।

- Advertisement -

को हुन् रौनियार ?
रौनियारको जन्म वि.स.२०२७ साल पुष १४ गते, त्रिवेणी मोड–बागेश्वरी मन्दिर टोल (साविक वडा नं. ३) मा भएको हो । पिता जदुनाथ प्रसाद रौनियार (मुनिम जी) र माता द्रोपदी देवी रौनियारको चौथो सन्तानको रुपमा जन्मिएका रौनियारले ललितपुरस्थित पाटन क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका छन् । उनको एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन । वि.स. २०४७ साल देखि व्यवसाय क्षेत्रमा आवद्ध हुँदै आएका उनी हाल ललिता इजि मार्टस् सप्लायर्स नेपालका संचालक हुन्् । नेपालगञ्ज स्थित ललिता इजि मार्टस् सप्लायर्सले विद्युतीय स्कुटरको कन्ट्री डिस्टिब्युटर्स सम्बन्धि काम गर्दै आईरहेको छ।

उनलाई उद्योग व्यवसायीको हकहित र परिवर्तनका लागि आवाज उठाउने तथा न्यायक लागि लड्ने राजनीतिक व्यवसायीका रुपमा चिनिन्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -