शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

बीरगन्जको पानीटंकीमा अत्याधुनिक प्रभु सिटी स्क्यान सेवा संचालनमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,३२ साउन – बीरगन्जको पानीटंकी स्थित प्रभु सिटी स्क्यान सेवा संचालनमा आएको छ । प्रभु हस्पिटलकै सकृयतामा स्क्यान सेवा संचालनमा आएको हो । बिहिवार एक कार्यक्रमको बिच स्क्यान सेण्टरको उदघाटन गरिएको छ । उद्घाटनसँगै शरीरका सम्पूर्ण भागलाई स्क्यान गरेर भित्र देखिने समस्यालाई सजिलो उपचार गर्न सक्ने अत्याधुनिक प्रविधी सहितको प्रभु सिटी स्क्यान सेवा आजैदेखि संचालनमा आएको छ ।

- Advertisement -

प्रभु हस्पिटल नजिकै रहेको यस सिटी स्क्यानको वीरगंज महानगरपालिका वडा नं. ४ र ८ का वडाध्यक्ष जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा रिबन काटी आज उद्घाटन गरेका छन् । यस सिटी स्क्यानमा होलबडी सिटी स्क्यान, कन्ट्रास्ट एन्जियोग्राफी, सिटी गाईडेड लगायत सम्पूर्ण सेवा उपलब्ध हुने प्रभु सिटि स्क्यानका संचालकहरुले बताएका छन् । क्यान्सर, ब्लडप्रेसर, ब्रेन हैमरेज, टाउको दुख्ने, छातीमा पानी जमेको, रिडको हड्डी टुटेकोे लगायत अनेक समस्याको रोग पत्ता लगाई सबै उपचारको सुविधा यहाँ मिल्ने रहेको सिटी स्क्यानका संचालक डाक्टर निरन्जन साहले बताए ।

यहाँ विभिन्न रोगहरु पत्ता लगाउने अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिएको र एफएनएसी/बायोप्सीका लागि समेत सेवा उपलब्ध हुने रेडियोलोजिस्ट डाक्टर डम्बर साहले बताए । अरु सिटी स्क्यान भन्दा प्रभु सिटी स्क्यानले आजको आजै स्क्यान गरि तुरुन्तै रिपोर्ट दिई चौबिसै घण्टा गुणस्तरीय सेवा दिने व्यवस्था मिलाइएको डा. साहले बताए ।

- Advertisement -

कुनै अस्पतालमा उपचाररत बिरामीको सिटी स्क्यान गरेर तुरुन्तै अस्पतालमा पु¥याउनुपरे त्यसको पनि व्यावस्था गरिएको संचालक द्वय साहको भनाई छ । बिरामीहरुको चेकजाँच गर्ने बितिकै ह्वाट्सअफ मै तुरुन्तै रिपोर्ट पठाउने गरेको अर्का संचालन रोडियोलोजिस्ट डा. डम्बर साहले जानकारी दिए ।

साढे ३ करोडभन्दा बढिको लगानीमा संचालनमा आएको प्रभु सिटी स्क्यानले मधेश प्रदेश अन्तर्गतको जिल्ला सहित छिमेकी मुलुक भारतसम्म सेवाग्राहीहरुलाई राहत मिल्ने डा. डम्बर साहको भनाई छ ।
उद्घाटन कार्यक्रममा प्रभु हस्पिटलका संचालक डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, एमाले नेता शम्भु गुप्ता, लोसपाका नेता नेजामुद्दिन समानी, प्रहरी समुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बासु सहनी, कोषाध्यक्ष प्रवेश सर्राफ, अधिवक्ता शालिग्राम साह, वडा नं. १२ का वडा सदस्य अनिता क्षेत्री, कांग्रेसका युवा नेता दिलीप राज कार्की लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -