शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

भारतको चन्द्रयान ३ आज चन्द्रमाको सतहमा अवतरण गर्दै

सिफारिस

काठमाडौं । भारतको चन्द्रयान–३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने बताइएको छ ।

- Advertisement -

बुधबार साँझ भारतको स्थानीय समयअनुसार ६ बजेर ४ मिनेटमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले जनाएको छ ।

चन्द्रयान ३ को अवतरणलाई ईसरोले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । अवतरण समयभन्दा करिब आधा घण्टाअघि ५ बजेर २७ मिनेटदेखि लाइभ गरिने र त्यसलाई इसरोको यूट्युब च्यानलमा लाइभ हेर्न मिल्ने छ ।

- Advertisement -

चन्द्रयान ३ यसअघि भारतले परीक्षण गरेर असफल भएको चन्द्रयान २ को निरन्तरता हो । चन्द्रयान २ भारतले सन् २०१९ मा परीक्षण गरे पनि अवतरण हुन असफल भएको थियो ।

चन्द्रयान चन्द्रमामा अवतरण गर्न सफल भएमा अन्तरीक्षमा पुग्न भारत दक्षिण एसियाकै पहिलो मुलुक बन्नेछ भने विश्वको चौथो मुलुक बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले अन्तरीक्षमा आफ्नो यान पठाइसकेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -