रमा थामी / बीरगन्ज – बीरगन्ज महानगरपलिकाले सिर्सिया नदी प्रदुषण गर्ने उद्योगहरुलाई कडा चेतावनि दिएको छ ।
बीरन्गज पथलैया एवं भारतको सिमावर्ती सहर रक्सौलसँग जोडिएको सिर्सिया नदी विगत लामो समय देखि प्रदुषण हुँदै आएको छ ।
प्रदुषण गर्नेहरुमा मुख्य उद्योगहरुनै रहेको र उत्त उद्योगहरुलाइ यस अघि ३/३ लाखको जरिवाना समेत गरेको थियो । साथै बीरगन्ज महानगरपलिकाले आउँदो असोज २६ गते भित्र नदी प्रदुषण गर्ने कार्य नियन्त्रण नगरे बीरगन्ज महानगरपालिकाको बातावरण तथा प्राकृतिक श्रोत संरक्षण गर्न बनेको ऐन २०७७ बमोजिम कारबाही गरिने समेत अपिल गर्दै जानकारी समेत दिएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको बीरगन्ज महानगरपालिका क्षेत्र भएर भारततर्फ सिर्सिया नदी बग्ने गरेको छ । बीरगन्ज पथलैया करिडोरमा सञ्चालित उद्योगले फोहोर तथा रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा खसाल्दा सिर्सिया नदी नालामा परिणत भएको छ ।