प्रतिकूल मौसमले उडान प्रभावित, अन्तर्राष्ट्रिय जहाज ‘होल्ड’मा

spot_img

काठमाडौँ,१६ वैशाख । राजधानीमा खराब मौसमका कारण हवाई उडान सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल का अनुसार केही अन्तर्राष्ट्रिय विमान अवतरण गर्न नसकी आकाशमै ‘होल्ड’मा राखिएका छन्।

भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ भएपछि पुनः अवतरण प्रयासका लागि होल्डमा राखिएको छ। त्यसैगरी थाई लायनको र  फ्लाइ दुबईको जहाजहरू पनि मौसम सुधारको प्रतीक्षामा आकाशमै घुमाइएका छन्।

प्रतिकूल मौसमको असर आन्तरिक उडानमा पनि परेको छ। सिमरा, पोखरा, विराटनगर र भैरहवा जाने उडानहरू ढिलाइ भएका छन्।

विमानस्थल कार्यालयले यात्रुहरूलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा योजना बनाउन अनुरोध गरेको छ। मौसम सुधारसँगै उडानहरू क्रमशः सामान्य हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय