spot_img

२० दिनका छोरालाई बन्धक बनाउने पक्राउ, उद्धारकाे क्रममा डीएसपी घाइते

spot_img
spot_img

बाँके — बाँकेको कोहलपुरमा आफ्नै छोरालाई बन्धक बनाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगी नेपाल पाेष्ट डेलीलाइ जानकारी दिए ।

थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । बिहीबार गएराति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै डीएसपी डाँगीले थापाको मानसिक सन्तुलन नभएको जानकारी दिए ।

सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारी घाइते भएका छन्।

चक्कुको झटारोबाट डीएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको छ । कोहलपुरका डीएसपी तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेका थापाले तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय