सीजीले नेपाल भित्र्याउँदै नथिङ ब्रान्डका स्मार्टफोन र इयरबड

spot_img

काठमाडौं । नेपाली बजारमा चौधरी ग्रुपले नथिङ ब्राण्डका उत्पादन भित्र्याउने भएको छ । यसका लागि हालै चाैधरी गुपका प्रबन्ध निर्देशक निर्वाण चाैधरी र नथिङका संस्थापक कार्ल पेईबीच साझेदारी भएको छ ।

सीजीका प्रबन्ध निर्देशक चौधरीले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै चाँडै नै नथिङका उत्पादन नेपाली बजारमा उपलब्ध हुने जानकारी दिए । चिनियाँ ब्राण्ड वनप्लसका सह-संस्थापक समेत रहेका कार्ल पेईले तीन वर्षअघि नथिङ स्टार्टअप स्थापना गरेका थिए ।

हाल नथिङले स्मार्टफोन, स्मार्टवाच, इयरबड लगायतकाे उत्पादन गर्दै आएको छ ।

अब सीजीले नेपाली बजारमा नथिङ ब्राण्डका उत्पादन आधिकारिक रूपमा बिक्री वितरण गर्नेछ । यसअघि नेपाली बजारमा टेक स्टुडियोले आधिकारिक वितरकका रुपमा नथिङ फोन भित्र्याएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय