रौतहटको इमर्जेन्सी जन सेवा हस्पिटल UPDATE : अपरेसनमा संलग्न महरा पक्राउ, अस्पताल सञ्चालक फरार

spot_img

रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभाबी पाठेघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले महरालाई सर्लाहीको हराकठवा बजारबाट मंगलबार राति पक्राउ गरेको हो।

रौतहट : चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु, हस्पिटल बन्द गरी सञ्चालक र चिकित्सक फरार

पक्राउ परेका महरा अहिले इलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको डिएसपी ओम प्रकाश खनालले नेपाल पाेष्ट डेलीलाइ बताए । बिर्ता स्थित जनसेवा अस्पतालमा बिरामी महिला नुरजहा खातुनको पाठेघरको अपरेसनमा महराको संलग्नता रहेको डिएसपी खनालले बताए। महरा बिर्ता स्थित झोले अस्पताल जस्तै सर्लाही हरकठवा बजारमा श्रीराम अस्पताल सञ्चालन गरेको र त्यहीँ बाट पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए। महरा सिएमए हुन्। अपरेसन गर्ने मुख्य डाक्टर तथा अस्पताल सञ्चालक गरुडा ८ का राजेन्द्र यादव भने फरार रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय