spot_img

नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा २ जना पैदल यात्रीको मृत्यु, एक घाइते

spot_img
spot_img

बाँके। बाँकेको नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

नेपालगञ्ज–१८ मा सोमबार बिहान सूप ०१००१ च ६३४६ नम्बरको स्कर्पियोले ठक्क दिँदा २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय युवकको भएको हो। २५ वर्षीया सहाना साह घाइते भएकी छिन्। नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ।

ठक्कर दिने स्कर्पियोका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय