पाँच बुँदे प्रतिवद्धतासहित नेपालमा प्रतिबन्ध खुलाउन टिकटकको कसरत

spot_img

वीरगंज,१ फागुन चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन नेपाल सरकारलाई आग्रह गरेको छ । कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाउँदै नेपाल सरकारलाई पत्र पठाएको हो ।

आफ्ना प्रतिवद्धतासहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई सम्बोधन गरेर पठाइएको पत्रमा नेपालीले टिकटकलाई देशभित्र र बाहिर अत्यधिक रुचाएको पनि उल्लेख गरेको छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता नेपालमा टिकटक प्रतिबन्ध रहेको छ ।

यस बिषयमा हाल सम्म नेपाल सरकारको तर्फ भने कुनै धारणा बनि सकेको छैन् । टिक टकको पत्रमा सरकार सकारत्मक भएको खण्डमा टिक टक नेपाल खुल्न सक्ने आकंलन गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय