शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

दिल्ली उच्च अदालतको न्यायधिसको...

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ...

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...

पूर्वराजा शाहद्धारा गोरखकाली...

गोरखा, ९ चैत्र । शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

भेरी अस्पतालमा स्वास्थ्य सामाग्री खरिद गर्दा करोडौंको अनियमितता भएको खुलासा

spot_img

सिफारिस

नकुल खत्री
नकुल खत्री
Nakul khatri Correspondent from Nepalgunj.

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य सामाग्री तथा फर्निचरको सामान खरिद गर्दा करोडौंको अनियमितता भएको खुलासा भएको छ ।

- Advertisement -

चालु आर्थिक वर्षमा अस्पतालले ६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री र फर्निचरका सामान खरिद गरेकोमा आर्थिक अनियमितता भएको स्रोतको दावी छ ।

विगत ७ वर्षदेखि अस्पतालको फार्मेसी डिपार्टमेन्टमा कार्यरत ५ औं तहका फर्मेसी सुपरभाइजर दिनेश नेपाली र छैटौं तहका फार्मेसी सुपरभाइजर ९निरीक्षक० अभिनाष गुप्तले स्वास्थ्य सामाग्री खरिदमा आर्थिक चलखेल गर्ने गरेको पाइएको हो । उनीहरुको अवैध कार्यमा अस्पतालका मेडिकल सुपरिटेन्डेट पवनजंग रायमाझी र लेखा अधिकृत नारायण लम्सालको समेत अप्रत्यक्ष समर्थन रहेको बताइन्छ ।

हाकिमको दरो साथ पाएका नेपाली र गुप्ताले ६ करोडको सामान खरिद गर्दा ६० प्रतिशत सामान आफन्तको फर्मबाट खरिद गरेको पाइएको छ । त्यो पनि बीलमा मात्र सामान खरिद भएको देखाए पनि वास्तवमा कुनै सामान खरिद गरेर ल्याएको नपाइएको स्रोत बताउँछ ।

४० प्रतिशतको मात्र वास्तविक सामान खरिद भएको र त्यो पनि कमसल सामाग्री रहेको बताइन्छ ।
केही समयअघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त भएपछि उनले सरकारी अस्पतालमा हुने भ्रष्टचार र अनियमिततालाई निष्तेज पार्दै सेवा प्रवहालाई प्रभावकारी बनाउने योजना अनुरुप स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको सरुवा गरेका छन् ।

मन्त्रालयले गरेको निर्णय बमोजिम नेपालीको गेटा अस्पताल कैलाली र गुप्ताको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जमा काज सरुवा गरेको छ ।

सरुवा भएको हप्ता दिन बढी भइसक्दा पनि उनीहरु रमना बुझेर जानु पर्नेमा सोही स्थानमा बस्न पाउँ भन्दै सरुवा रोक्न शक्ति केन्द्र धाउन थालेका छन् ।

आफ्नो सरुवा रोके लाखौं रकम दिन तयार भएका उनीहरु हारगुहार गर्न स्वास्थ्य मन्त्रालय समेत पुगेको स्रोत बताउँछ ।
नयाँ कर्मचारी आउँदा पहिला भएका आर्थिक अनियमितताको फाइल खुल्ने त्रासले उनीहरु सरुवा रोक्न सक्दो प्रयासमा रहेका छन् । साना कर्मचारी फस्यो भने आफू पनि मुछिने भएकाले मेसु रायमाझीले पनि नयाँ सरुवा भएर आएका कर्मचारीलाई पदास्थापन गर्न आनकानी गरेका छन् ।

दिनेश नेपालीको सट्टामा जेठ २३ गते सुर्खेतको मेहेलकुना अस्पतालबाट सरुवा भएर आएका फर्मेसी सुपरभाइजर उदयवीर शाहीलाई पदस्थापन गर्न मेसुले आनकानी गरेका हुन् ।

आफ्नो पदस्थापन गरी कार्यभार तोकि दिन कार्यालय प्रमुखलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि उनी जिम्मेवारीविहीन बनेका थिए ।

पछि शक्ति केन्द्रबाट गुप्त र नेपालीको सरुवा रोक्ने कार्य असफल भएपछि जेठ २८ गतेबाट शाहीलाई स्टोरकिपरको जिम्मेवारी दिएका छन् । उनी फार्मेसी सुपरभाइजर भएर पनि फार्मेसीमा कार्यभार नतोकि मुस्किलले स्टोरकिपरको जिम्मेवारी सुम्पिएका हुन् ।

केही दिनअघि मात्र स्वास्थ्य मन्त्री यादवले सरुवा भएका ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्ने कडा निर्देशन दिएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार