आईसीसी विश्वकप लिग-२: अमेरिकासँग रोमाञ्चक खेलमा नेपाल ३ विकेटले पराजित, शायन जहाजिंगरको शतक

spot_img

काठमाडौं, कात्तिक १२ – आईसीसी विश्वकप लिग–२ काे रोमाञ्चक खेलमा नेपाललाई अमेरिकाले ३ विकेटले पराजित गरेको छ। आइतबार राति डालासमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेट गुमाउँदै २ बल बाँकी रहँदा पूरा गर्‍यो।

अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेल्दै जितको आधार तयार गरे। कप्तान मोनांक पटेलले ६२ रन र हरमित सिंहले ५७ रन बनाउँदै टिमलाई मजबूती दिए। शाड्लीले २९ रन जोड्दा जसदीप सिंह र साइतेजा मुकामल्लाले ११-११ रन बनाए। अतिरिक्त ११ रन बटुल्दै अमेरिकाले आवश्यक लक्ष्य पूरा गर्‍यो।

नेपालको बलिङतर्फ कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिएर सानदार प्रदर्शन गरे। सोमपाल कामीले २ विकेट र ललित राजवंशीले १ विकेट लिए।

टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको उत्कृष्ट इनिङ खेलेर शतक नजिक पुगेर चुके। ओपनर अनिल साहले ५६ रन र आसिफ शेखले ५२ रन बनाए भने आरिफ शेखले ३७ रन थपे। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।

बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिगेले ४ विकेट लिए भने हरमित सिंह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान १-१ विकेट हात पारे।

नेपालले लिग २ को आफ्नो अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ, जसमा नेपाललाई जितको आवश्यकता रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय