मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज कार्य सम्पादनमा सफलता मिल्नेछ। आत्मबल उच्च हुनेछ, जसले नयाँ काम गर्ने प्रेरणा प्रदान गर्नेछ। तर धन खर्चमा नियन्त्रण आवश्यक छ। मित्रसँग रमाइलो यात्रा हुने सम्भावना छ।


वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)
धन सम्बन्धी समस्यामा सुधार हुनेछ। व्यापारमा पनि फाइदा मिल्ने समय छ। घर-परिवारमा रमाइलो माहोल हुनेछ। स्वास्थ्यमा भने सामान्य समस्या आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा विलम्ब र कठिनाइको सामना गर्नुपर्ला। तर परिश्रम र धैर्यले सफलता हात पर्नेछ। नयाँ ठाउँमा जाने अवसर मिल्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ। व्यापारमा सामान्य लाभ हुने योग छ। परिवारमा भने मतभेद हुन सक्छ, संयम अपनाउनु होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्ष सबल हुनेछ। मान-प्रतिष्ठा बढ्नेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। साझेदार वा सहकर्मीको सहयोगले नयाँ कामको थालनी हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विशेष खर्च गर्नुपर्ने परिस्थिति आउनेछ। व्यापार वा कार्यक्षेत्रमा विवादको सम्भावना छ। आफन्तबाट असन्तुष्ट हुन सकिन्छ। स्वास्थ्यका लागि समय निकाल्नुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक लाभका लागि अवसर आउनेछ। पारिवारिक सहयोग मिल्नेछ। नयाँ योजना सफल हुनेछ। शत्रु परास्त हुनेछन्। यात्रा लाभदायक हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा सफलता मिल्नेछ र आत्मविश्वास बढ्नेछ। घरायसी मामिलामा सुधार आउनेछ। पुराना मित्र वा आफन्तसँग भेटघाट हुनेछ, जसले मन प्रसन्न बनाउनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ, भे)
आजको दिन मिश्रित फलदायी रहनेछ। खर्चमा नियन्त्रण गर्नु होला। यात्रा गर्दा सावधानी अपनाउनुहोस्। आत्मविश्वासमा कमी आउन सक्छ, तर नयाँ साथीले सहयोग गर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजका दिन पुरानो समस्याको समाधान हुनेछ। आयस्रोतमा सुधार आउनेछ। व्यवसायमा नयाँ अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ, तर खानपानमा ध्यान दिनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक कार्यमा रुचि बढ्नेछ। सन्तान सुख प्राप्त हुनेछ। मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाउने सम्भावना छ। प्रेम सम्बन्धमा सुधार आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन पारिवारिक तनाव हुनसक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष ध्यान दिनुहोस्। आर्थिक समस्यामा कमी आउनेछ। परोपकार र समाज सेवामा समय बिताउने दिन छ।
*Note : यो राशिफल सामान्य ग्रह गोचरको आधारमा तयार गरिएको हो। तपाईंको व्यक्तिगत कुंडली फरक हुन सक्ने भएकाले यसमा आधारित निर्णय गर्नु अघि विशेषज्ञ ज्योतिषीको परामर्श लिनुहोस्।