spot_img

गढीमाई मन्दिरको दान पेटीकाबाट थप ५ लाख रुपैयाँ र १० थान गहना संकलन

spot_img
spot_img

बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा राखिएका दान पेटिकाबाट शनिबार दोस्रोपटक ५ लाख २४ हजार १६५ रुपैयाँ नगद र १० थान गहना संकलन भएको छ।

गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र यादवका अनुसार सुनका ३ थान र चाँदीका ७ थान गहना समेत दान पेटिकाबाट फेला परेका छन्। उक्त रकम र गहना कात्तिक १४ देखि ३० गतेसम्म १७ दिनको अवधिमा मन्दिर परिसरमा राखिएका चारवटा दान पेटिकाबाट संकलन गरिएको हो।

गढीमाई मन्दिर प्रांगणमा राखिएका चार वटा दान पेटीकाबाट कात्तिक १४ देखि कार्तिक ३० गतेसम्म १७ दिनको अवधिमा उक्त भेटी संकलन भएको उनले बताए ।

यसअघि दसैंको घटस्थापना अर्थात असोज १७ देखि कार्तिक १३ गतेसम्म मन्दिर प्रांगणमा रखिएका चार वटा दान पेटिकाबाट ७ लाख ३५ हजार ३४१ रुपैयाँ गनद तथा नगदी रसिदबाट २ लाख ३१ हजार ७२ रुपैयाँ गरी कूल ९ लाख ६६ हजार ४१३ रुपैयाँ भेटी संकलन भएको थियो ।साथै दान पेटीकाबाट पाँच वटा सुनको तिलहरी गरी ७ थान सुनको गहना र २६ थान चाँदीका गहनापनि भेटीका रुपमा संकलन भएको थियो ।

दानपेटिकाबाट संकलन भएको रकम गढीमाई विकास समितिको कोषमा जम्मा गरिने अध्यक्ष यादवको भनाई छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय