spot_img

यस वर्ष गढीमाई मेलामा ११ हजारभन्दा बढी राँगाको बलि चढ्ने अनुमान

spot_img
spot_img

वीरगन्ज, ५ मसिर । विश्वमै पशुबलीका लागि चर्चित बारा जिल्लाको महागढीमाई नगरपालिका बरियारपुस्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा मेला लाग्ने गरेको छ । यस वर्षको मेला पनि सुरु भईसकेको छ भने मेलामा ११ हजारबढी रागाको चढ्ने अनुमान गरिएको छ ।

गढीमाई मेला हरेक पाँच वर्षमा आयोजना हुने धार्मिक र सांस्कृतिक महत्त्वको एक महत्वपूर्ण पर्व मानिन्छ यस वर्ष पनि मेलामा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

गढीमाई मेला समिति मातहतको बलि व्यवस्थापन उपसमितिका संयोजक प्रेमप्रसाद साहका अनुसार मङ्सिर २३ गते ९डिसेम्बर ८० राँगाको बलि चढाइने छ। उनले यसअघि २०७६ सालमा करीब १० हजार राँगाको बलि चढाइएकोमा यो वर्ष उक्त संख्याभन्दा बढी बलि चढ्ने उनको दाबी छ ।

मन्दिर परिसरको पूर्वपट्टि राँगाहरूको उचाइ अनुसार चारवटा समूह बनाइएको छ, जहाँ उनीहरूलाई आहार खुवाउने, पानी पिलाउने र बलि दिने कार्यको व्यवस्था मिलाइएको छ। साथै, बाँसको घेरा लगाउने कार्य भइरहेको छ । साहले फोहोरमैला र सिनो व्यवस्थापनका लागि भेटेरिनरी चिकित्सकहरूको टोलीबाट सुझाव लिएर आवश्यक कदम चालिने जानकारी दिए । वर्तमान समयमा पशु अधिकारकर्मीहरूले बलिप्रथाको विरोध गरिरहेको भए पनि यो विषय परम्परा र आस्थासँग जोडिएको हुँदाले हाल कायमै रहेकाे उनले बताए ।

त्यस्तै मेलामा राँगा मात्रै नभई बोका पनि बलि दिने प्रचलन रहेकोमा राँगाको बलिको संख्या व्यवीस्थत रुपमा गणना गरिए पनि बोकालगायतका ाअन्य पशुहरुको बलिको तथ्यांक नराखिएको सिंयोजक साहले बताए । मन्दिर क्षेत्रको चार किल्लाभित्र जुनसुकै स्थानमा बोका बलि चढाउन सकिने भएकाले निश्चित तथ्याङ्गक राख्न कठिन हुने उनले बताए ।

यस वर्षको गढीमाई मेलामा मङ्सिर २३ गते राँगाको बलि र मङ्सिर २४ गते बोकालगायतका अन्य पशुबलि चढाइने कार्यक्रम तय गरिएको छ। परम्पराअनुसार बलि अघि पञ्चबलि दिने र त्यसपछि मात्र अन्य बलि दिने प्रचलन रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय