बारा,१२ मंसिर बाराको करैयामाई गाउँपालिकाले बिश्वप्रसिद्ध गढीमाई पञ्चबर्षिय मेलालाई मध्य नगर गर्दै पालिका भित्रको मुख्य सडकको सरफाई तथा फराकिलो गर्ने कार्य अगाडी बढाएको छ ।
मेलामा आउँने दर्शनार्थी तथा पालिकाको जनताको सुबिधालाई ध्यानमा राखी गाउँपालिका अध्यक्ष शम्भु यादवले पालिका भित्रका मुख्य सडकमा रहेको खाल्टाखुल्टी पुर्न तथा अतिक्रण हटाई बाटो फराकिलो गर्न निर्देशन दिएपछि गाउँपालिकाले सो कार्य अघि बढाएको हो ।
गाउँपालिकाको नौतन चौकदेखि मधुवन बजार सम्मको बाटो साह्रै बिग्रेको गुनासो आएपछि सो बाटो ठिक पार्ने कार्य अघि बढाएको गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले बताए । करैयामाई गाउँपालिका भएर गढीमाई मेला जाने अन्य मुख्य तथा सहायक बाटोहरुको पनि सरसफाई तथा खाल्टाखुल्टी पुरिने काई भइरहेको अध्यक्ष शम्भु यादवले बताए । बर्षौदेखि मर्मत नभएको सडकहरुलाई गाउँपालिका अध्यक्ष यादवको नेतृत्वले मर्मत गर्ने कार्य अघि बढाएपछि पालिकावासी हर्सित भएका छन् ।
सडक निर्माण कार्यमा हुने सम्पूर्ण खर्च गाउँपालिकाकै आन्तरिक बजेटबाट भइरहेको करैयामाई गाउँपालिकाले जनाएको छ । सडक बनाउँने कार्यमा गाउँपालिकाकै स्काभेटर,ट्रक्टर तथा केही भाडामा लिइएर पनि मर्मतको कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।




