spot_img

बस, कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, ११ घाइते

spot_img
spot_img

कपिलबस्तु, मंसिर २२ । कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ गुलरीस्थित तौलिहवा–भैरहवा सडकखण्डमा भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु २ ख २३१ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा १४ च ७४४८ नम्बरको कार र लु. ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।

कारमा सवार प्युठान पकाला–७ का ४३ वर्षीय निमबहादुर सारुको मेडिकल कलेज भैरहवामा र कार चालक जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका–४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्कीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको सिद्धार्थ नगर सिटी हस्पिटल भैरहवा र १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ७ जनाको लबनीस्थित अल्सेक अस्पताल उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय