spot_img

गढीमाई मेलाको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा

spot_img
spot_img

बीरगन्ज,२३ मंसिर । बाराको महागढीमाई नगरपालिका– १, बरियारपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा मंसिर आज  मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री सतिशकुमार सिंहले गढीमाईप्रति लाखौँ श्रद्धालु भक्तजनको गहिरो आस्था र विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी दिए।

प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको उनको भनाइ छ। मंसिर १ देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गतेसम्म चल्नेछ।

मंसिर २३ गते राँगा र २४ गते बोकाको बलि दिइने कार्यक्रम तय भएको मेला व्यवस्थापन समितिले जनाएको छ।

स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् ।गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ ।

दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय